काठमाडौं,मंसिर २७ । चर्चित संगितकार सागर गौतमलाइ मातृशोक परेको छ । बिगत लामो समयदेखि विभिन्न रोगले सताएको ७६ बर्षिय आमा तुल्सा देवि गौतमको मंसिर २२ गते आफ्नै घर कन्याम, इलाममा निधन भएको हो ।
आमाको स्वास्थ्य अवस्था गम्भीर भएपछी संगितकार गौतम केही दिन पहिले काठमाडौमा भएका आफ्ना भाइ बुहारिसहित आफ्नो घर कन्याम, इलाम पुग्नु भएको महेश आर्चायले बताउनु भयो । बिरामी अवस्थामा नै रहनु भएको गौतमकी आमालाई बि पि स्वास्थ्य बिज्ञान प्रतिष्ठान,धरान ले घर लैजान सल्लाह दिएपछी वहाँको आफ्नै घरमा निधन भएको थियो ।
आमा भए सन्सारको, खुसी चाहिदैन
सबै बुझ्ने मेरि आमा, कहिँ पाइदैन
सागर गौतम ले संगित गर्नु भएको र महेश आचार्य ले लेख्नु भएको यो गीत,
गत बर्ष गीतकार संघ नेपाल ले आयोजना गरेको बर्ष गीत पुरस्कारमा अन्तिम दशमा मा समेत परेको थियो भने वहाले संगित गर्नु भएको चलचित्र तँ, म र ऊ प्रदर्शनको तयारीक छ ।
संगितमा मा दर्जनौ राष्ट्रिय पुरस्कार बिजेता गौतमकी ममतामयी आमा तुल्सा देबि गौतमको यो दुस्खद निधनमा चर्चित गीतकार पिपिन किरण ले आफ्नो फेसबुक मार्फत गहिरो दुस्ख ब्यक्त गर्नु भएको छ भने नेपाली सांगितिक क्षेत्रका विभिन्न संघ-संस्थाहरूले समबेदना व्यक्त गर्ने क्रम जारी छ । ।
No comments:
Post a Comment