काठमाडौं,मंसिर १९ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो शनिवार भारतको राजधानी नयाँंदिल्लीतर्फ लागेका छन् । भारतको नुनपानी खाएर मधेस आन्दोलन चर्काउदै आएको भन्ने आराप लाग्दै आएका महतो आफ्ना माग पुरा नभएसम्म आफ्नै देशको राजधानी काठमाडौं नआउने बताउदै दिल्ली लागेका हुन् । स्रोतका अनुसा महतो शनिबार बिहान रौतहटबाट भारतको सितामडीतर्फ लागेका हुन ।
उनी सितामडीहुँंदै दिल्ली जाने कार्यक्रम छ । उनीसँंगै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव पनि सो मार्ग हुँंदै दिल्ली जाँंदैछन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान काठमाडौंबाट नयाँंदिल्लीतर्फ प्रस्तान गर्दैछन् ।
No comments:
Post a Comment