Sunday, December 27, 2015

विरामी बोकेको एम्बुलेन्स भीरबाट खस्दा तीन जनाको मृत्यु

इलाम,पुष १३ । विरामी बोकेको एम्बुलेन्स भिरबाट खस्दा विरामीसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मे १ च १७४७ नम्बरको जनमैत्री समाजको एम्बुलेन्स सोमवार विहान चारबजेतिर मेची राजमार्गअन्तर्गत इलामको गोधकमा भीरबाट झण्डै एक सय मिटर तल खसेको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विरामी लिएर एम्बुलेन्स पाँचथरतर्फ आउँदै थियो । दुर्घटनामा परी पाँचथरका रेणुका अधिकारी, आनन्द अधिकारी र नरिमाया चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते चालक गेहन्द्र प्रसाई र एम्बुलेन्समा सवार टिकाराम अधिकारीलाई उपचारका लागि झापातर्फ लगिएको छ । उनीहरुलाई थप उपचारका लागि बीएनबी अस्पताल विर्तामोड पठाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts