काठमाडौं,पुष १३ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ग्लोब स्कोर अवार्ड जितेका छन् । मेस्सीले दुबईमा सन् २०१५ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात परेका हुन् । बालोन डि ओरको विजेता घोषणा हुनु अघि नै रियल मड्रिका स्टार क्रिष्टियानो रोनाल्डो र युभेन्ट्सका गोल रक्षक बुफेनलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् । रोनाल्डो दोस्रो र बुफेन तेस्रो भए ।
यसैगरी वर्षको उत्कृष्ट क्लब घोषणा भएको बार्सिलोनाकै अध्यक्ष जोसेप मारिया वर्षको उत्कृष्ट अध्यक्ष घोषित भएका छन् । बेल्जियमका कोच मार्क विल्टोस वर्षको उत्कृष्ट कोच घोषित भए । प्लेयर करिअर अवार्ड भने न्यूयोर्क सिटीका फ्राङ्क लाम्पार्ड र आन्द्र पिर्लोलाई दिइएको छ ।
No comments:
Post a Comment