Thursday, December 17, 2015

चीनसँग इन्धन सम्झौताको तामझामले साढे ३१ लाख स्वाहा,तर तेल आएन

काठमाडौं,पुष ३ । चीनबाट तेल ल्याउने विषयमा सरकार र आयल निगमका गरी तीन प्रतिनिधिमण्डलले चीन भ्रमण गरेका छन् । भ्रमणमा आयल निगमले मात्रै ३० लाख रुपैयाँ खर्च गरेको छ ।

तर, चीनबाट तेल आउने कुनै संकेत छैन । निगमले विदेश भ्रमण गर्ने कर्मचारीलाई दिने भत्ता र दुईतर्फी हवाई भाडासमेतलाई मूल्यांकन गर्दा तीनपटक चीन गएको टोलीले ३० लाख ४० हजार सात सय ५० रुपैयाँ खर्च गरेको थियो । सबै रकम भुक्तानी भइनसकेको निगम स्रोतले जनाएको छ । निगमले विदेश भ्रमण गर्ने आफ्ना कर्मचारीलाई दैनिक भ्रमण खर्चबापत सय डलर दिने गरेको छ । निजामती कर्मचारीलाई भने दैनिक एक सय ७५ डलर दिइन्छ ।

तेल ल्याउने विषयमा छलफल गर्न आपूर्तिमन्त्री गणेशमान पुन र आयल निगमका कर्मचारी गरी तीनवटा प्रतिनिधिमण्डलले चीन भ्रमण गरे । उनीहरूको भ्रमण भत्ता र दुईतर्फी हवाई भाडा गरेर ३० लाख ४० हजार सात सय ५० रुपैयाँ खर्च भइसकेको छ । तर, अहिलेसम्म तेल आएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts