काठमाडौं,पुष ३ । इन्धन आयातको सम्भावना खोजी गर्न आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई तीनपटक चीन गए । उनको चीन भ्रमणबारे निगमले कुनै निर्णय गरेको छैन ।
निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भट्टराईलाई चीन पठाएकोबारे अनविज्ञता जनाए । ‘निगमले आवश्यक ठानेर पछिल्लो समय कसैलाई चीन पठाएको छैन,’ उनले भने । भट्टराईले तीनपटकको चीन भ्रमणमा २७ दिन बिताए । दैनिक सय डलरको दरले उनले दुई हजार सात सय डलर (दुई लाख ८८ हजार नौ सय रुपैयाँ) भ्रमण भत्ता बुझे । यो रकम दुईतर्फी हवाई भाडाबाहेकको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment