काठमाडौं,मंसिर २१ । नेपालको आन्तरिक समस्यालाई सम्पूर्ण भारतले समर्थन र सहयोग गर्ने विश्वासका साथ दिल्ली पुगेका मधेसी मोर्चाका नेताहरुलाई झट्का लागेको छ । सबैको समर्थन पाउने आशा गरे पनि सत्तारुढ दलका केही नेता बाहेक मोर्चाले अरु दलहरुको साथ पाउन सकेनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–
नाकाबन्दीको जिम्मा मधेसी मोर्चालाई
भारतको नाकाबन्दीविरुद्ध खडा भएका सांसदलाई भेटेर मोर्चा नेताले भने, ‘नाकाबन्दी हामीले लगाएका हौा ।’ भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबारे जनता दल युनाइटेडका सांसद पवन बर्माले राज्यसभामा पेस गरेको ध्यानाकर्षण प्रस्तावबारे सोमबार छलफल हुदै छ ।
बर्माले पेस गरेको प्रस्तावको लिखित जवाफ विदेशमन्त्री सुष्मा स्वराजले दिइसकेकी छिन्, तर त्यसमा असन्तुष्ट ११ जना सांसदले सोमबार उनीसामु प्रश्नहरू गर्नेछन् । नेपालप्रति नरम धारणा राख्दै आएका प्रभावशाली सांसदहरू डा. करण सिंह, शरद यादव, सीताराम येँचुरी, डिपी त्रिपाठीसाग मधेसी मोर्चाका नेताहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सोमबार राज्यसभामा नाकाबन्दीबारेमा जसले प्रश्न सोध्दै छन्, उनीहरूलाई भेटेर आइतबारै मधेसी मोर्चाका नेताले भनेका छन्, ‘नाकाबन्दी हामीले लगाएका हौा, भारत सरकारले होइन । यसमा भारतलाई बदनाम गर्न खोजिएको छ ।’ नेपाल मामिला जानकारहरूका अनुसार मधेसी मोर्चाको ब्रिफिङपछि सरकारलाई संसद्मा जवाफ दिन सजिलो भएको छ । ‘संसद्मा नेपालबारे बहस हुादा भारत सरकारलाई नाकाबन्दीका विषयमा चर्को आलोचना गर्ने सांसदहरूलाई भेटाउनुको अर्थ छ, मधेसी नेताहरूले भनिसकेकाले नाकाबन्दीको विवादबाट मुक्त हुन भारतले ठाउा पाएको छ ।’ बिहीबारको बहस सोमबारका लागि सारिएको थियो ।
No comments:
Post a Comment