काठमाडौं,मंसिर २४ । प्रमुख तीन दल र मधेशी मोर्चाबीच सिंहदरबारमा भएको त्रिपक्षिय वार्ता सकिएको छ । कार्यालय सिंहदरवारमा भएको वार्तामा सरकारले प्रस्तुत गर्न लागेको पुनः निर्माण विधेयक पारितका लागि मधेशी मोर्चाले सहयोग गर्ने सहमति भएको भन्दै आजको वार्ता सकिएको हो । वार्ता अघिनै मोर्चाको वैठकले पुर्ननिर्माण विधयक नरोक्ने निर्णय गरिसकेको थियो । सहमति अनुसार आज साँझ ५ बजे शुरु हुने संसद बैठकमा विधेयक प्रस्तुत हुनेछ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली, सरकारी वार्ता टोलीका संयोजक एवम् परराष्ट्र तथा उप प्रधानमन्त्री कमल थापा, उप प्रधानमन्त्री विजय कुमार गच्छदार, कानुन मन्त्री अग्नी खरेल, सहभागी थिए ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, एकिकृत माओबादी अध्यक्ष प्रचण्ड, नेपाली काग्रेसका तर्फबाट उप सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, रामशरण महत, प्रकासमान सिंह सहभागि थिए ।
त्यसैगरी मोर्चाका तर्फबाट संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रि पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावनाका सह अध्यक्ष लक्ष्मण लाल कर्ण महासचिव मनिष कुमार सुमन, सहभागि थिए । अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा जलपान कार्यक्रम आयोजना गरेकाले विहिबारको वैठक छिटो सकिएको जनाइएको छ ।
No comments:
Post a Comment