काठमाडौं,पुष १३ । कांग्रेसमा १३औँ महाधिवेशन आउन अब ७० दिन मात्र बाँकी हुँदा शीर्ष नेताहरूले तयारीलाई तीव्रता दिएका छन् । अहिलेसम्म सभापतिका लागि नेता शेरबहादुर देउवा र संस्थापनबाट उपसभापति रामचन्द्र पौडेलले उम्मेदवार बन्ने बताइसकेका छन् । तर, वर्तमान सभापति सुशील कोइरालाले आफू अघि बढ्ने कि उपसभापति पौडेललाई अघि बढाउने भन्ने अन्तिम निर्णय लिइसकेका छैनन् ।
यसअघि पनि अन्तिमसम्म नखुल्ने कोइरालाको शैली उस्तै छ भने नेता देउवा र उपसभापति पौडेलले महाधिवेशनको तयारीलाई आक्रामक बनाएका छन् । यी दुवै नेता ‘कस्तो बन्यो संविधान, एकता र सद्भावको अभियान’ अभियान लिएर देश दौडाहामा छन् । सभापति कोइराला भने कोठे बैठक गरी रणनीति बनाउनमा केन्द्रित छन् । माघ दोस्रो हप्ताबाट कांग्रेसको महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन सुरु हुनेछन् । त्यसैलाई मध्यनजर गर्दै शीर्ष नेताहरूले आक्रामक रूपमा प्रशिक्षण र भेलाका कार्यक्रमलाई तीव्रता दिएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment