Tuesday, December 15, 2015

आज विवाह पञ्चमी, जनकपुरमा रामजानकी विवाह महोत्सव

जनकपुर,पुष १ । ऐतिहासिक रामजानकी विवाह महोत्सव आज जनकपुरधाममा हर्षोल्लासका साथ मनाईंदैछ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिने विवाह पञ्चमी महोत्सवको आज छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह हुनेछ । दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम आयोजना गरिने छ ।

महोत्सवमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौंको संख्यामा जन्ती आएका छन् । पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलासयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ । स्थानीय संघ संस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क रुपमा आवास र भोजन उपलब्ध गराएका छन् । विवाह सकिएपछि भोलि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भारतको अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिई विदाई गर्नेछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts