काठमाडौं,पुष १ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।मधेसी मोर्चाको अवरोधबीच संसद पेस भएको भूकम्पपछिको पुननिर्माण र संविधान संशोधनसम्बन्धी विधेयक आज पारित गर्ने तयारी छ । मधेसी मोर्चाले वेल घेरेर नाराबाजीकै बीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले संविधान संशोेधनसम्बन्धी विधेयक र भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गर्नुभएको थियो ।
नाराबाजी भए वा नभए पनि बुधबारको संसद बैठकबाट पुनर्निर्माण विधेयक पास गर्ने प्रमुख दलहरुको तयारी छ । यो प्रतिवेदन पारित भएपछि पुनःनिर्माण प्राधिकरण गठनको बाटो खुल्नेछ । दुवै विधेयक पेश हुँदै गर्दा मोर्चाका सांसदहरुले नाराबाजी गरेका थिए । एक जना सांसद मात्र उठे पनि संसद चल्न नसक्ने प्रावधान भए पनि निरंकुश शैलीमा संसद चलाइएको मोर्चाले आरोप लगाएको छ ।
तर, सभामुख ओनसरी घर्तीले विगतका अभ्यास र नियमको पालना गर्दै संसद बैठकले चलाएको सीआईएनसँग बताउनुभयो । उहाँले पुननिर्माण विधेयक भने तत्काल पारित गरेर अघि बढ्ने पनि बताउनुभयो । संसदको अर्को बैठक आज दिउँसो ४ बजे बस्नेछ । संसद बैठक अघि ३ बजे सभामुख घर्तीले प्रमुख दलहरुको बैठक बोलाउनु भएको छ ।
No comments:
Post a Comment