Sunday, December 27, 2015

नेपालले भारतको सामना गर्दै,नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं,पुष १२ । भारतमा जारी साफ चयम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा हुनेछ । समुहको पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको नेपालका लागि बलियो प्रतिद्वन्द्वी भारतसँगको खेल जित्नै पर्ने दबाब छ । तीन टोली रहेको समुह ए बाट सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई हराउनुको विकल्प छैन ।

भारतमाथि दुर्इ सून्यको जित निकाले नेपाल भारतसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गर्नेछ । हार वा बराबरीमा रोकिए नेपाल समूह चरणबाटै बाहिरिने छ । नेपाल र भारतवीचको खेलसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा हुनेछ । समूह ए मा नेपालसँगै रहेका भारत र श्रीलंकाको ३–३ अंक छ भने नेपाल अंकविहीन छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts