काठमाडौं,मंसिर ८ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिको लबिङ गर्दै अभियान चलाउँदै आएका डा.बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका छन् । राजधानीमा दुई दिनसम्म चलेको भेलाले भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको हो ।
दुई दिने भेलाको समाप्तिपछि मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका रुपमा प्रस्तुत थिए । सम्मेलनमा भट्टराईले भने, ‘नयाँ शक्ति अहिले कुनै पार्टी नै नभएको बताउदै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरणको तयारी थालेको हल्ला मात्र भएको बताएका छन् । भट्टराईको संयोकत्वमा गठित समितिले ७५ वटै जिल्लामा नयाँ शक्ति निर्माण अभियान सञ्चालन गर्ने र प्रारम्भिक सदस्यता वितरण गर्ने घोषणा गरेको छ ।
No comments:
Post a Comment