Tuesday, November 24, 2015

​बाबुरामको नयाँ शक्तिको पुरानै रङमा कुन विभागको जिम्मेवारी कसलाई (नामावली सहित)

काठमाडौं,मंसिर ८ । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको नयाँ शक्तिको सांगठनिक विभागको जिम्मेवारी बाँडफाँड गरिएको छ । पूर्व माओवादीहरु सम्मिलित दुई दिने भेलाले नयाँ शक्ति निर्माणको लागि विभागको जिम्मेवारी बाँडफाँड गरेको हो ।

आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएका जिम्मेवारीमा केन्द्रको जिम्मेवारीमा डा। बाबुराम भट्टराई रहेका छन् भने संगठनको जिम्मेवारीमा देबेन्द्र पौडेल रहेका छन् । यसैगरि किरात लिम्बुवान र कोचिलामा राजेन्द्र किराती, मिथिला र भोजपुरामा रामचन्द्र झा, नेवा ताम्सालिङमा गंगा श्रेष्ठ, तमुवान बागलुङ र म्याग्दीमा देबेन्द्र पराजुली, मगरात थारु र अवधमा बामदेब क्षेत्री, भेरी कर्णालीमा भक्तबहादुर शाह, जवस मोर्चामा कुमार पौडेल, अन्तराष्ट्रियमा हिसिला यमी र जातीय मोर्चामामा रामकुमार शर्मा लाई जिम्मेवारी तोकिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts