Saturday, November 21, 2015

आन्दोलनलाई सशक्त पर्ने भन्दै मधेसमा फेरि जन्मियो नयाँ मोर्चा

काठमाडौं,मंसिर ५ । तराईमा आन्दोलन चर्काइरहेको मधेसीदलमा नयाँ मोर्चा जन्मिएको छ । राजधानीमा दानापानी रोक्दै आन्दोलन सुरु गरेको मोर्चामा फुट आएको हो । मधेस आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन भन्दै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी र नेपाल सद्भावना पार्टीका अनिल झा र तराई मेधसमा ‘तराई मधेस राष्ट्रिय अभियान चलाउँदै आएका जेपी गुप्ता मिलेर नयाँ मोर्चाको गठन गरेका हुन् ।
गुप्ताको अगुवाईमा गठन भएको संघीय समावेश गठबन्धन नामक मोर्चाले संयुक्त रुपमा अघि बढ्दा मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन सम्भव हुने ठहर गरेको छ ।

आज जनकपुरमा बसेको बैठकबाट नयाँ मोर्चा बनाएर अघि बढ्ने निर्णय भएको भएपनि झा, यादव र भण्डारी तथा गुप्ताको आफ्नै मोर्चा यसअघि नै अस्तित्वमा रहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts