काठमाडौं । आजबाट ५० लागेका शाहरूख खान यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा नयाँ अवतारमा देखिएका छन् । फिल्मका पर्दामा खुँखार भिलेनका रुपमा पनि उस्तै उत्कृष्टता देखाउने अभिनेता साहरुख खानलाई यस्तो नयाँ अवतारमा देखाइएको हो । । स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।
सन् २०१६ को अप्रिल १५ मा प्रदर्शनमा आउन लागेको यो चलचित्रको पहिलो टिजरमा स्टार साहरुखलाई देखाइएको थियो भने दोश्रो टिजरमा फ्यान ‘गौरव’लाई देखाइएको छ । मसला चलचित्र खेल्न थालेको आरोप लागिरहेको समयमा साहरुखको यो नयाँ अवतार आएको छ ।
No comments:
Post a Comment