Sunday, November 1, 2015

मधेस आन्दोलन तस्करीमा परिणत, दैनिक कमाई ५० लाख

काठमाडौं,कातिक १६ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेस आन्दोलन तस्करीकरण र व्यापारीकरणमा रुपान्तरित भएको सार्वजनिक गरेका छन् । सरकारले मधेसमा चलिरहेको तस्करी र कालोबजारीबारे मुख खोल्न नसकिरहेका बेला मुरारकाले मधेसको तथ्य सार्वजनिक गरेका हुन् । आजको तरुण साप्ताहिकमा खबर छ ।

भारतले अघोषित नाकाबन्दी गरेको तीन सातादेखि आन्दोलनकारी दलहरुको संयन्त्रले मुख्य नाकाबाहेक अन्यत्रबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री बोकेका गाडीहरुबाट प्रतिगाडी ५० हजारदेखि एकलाख रुपैयाँसम्म लिएर राजमार्गसम्म ल्याउने गरेको बुझिएको छ । विशेष गरी मध्यरातपछि व्यापारीसँगको मिलेमतोमा संयन्त्रका पदाधिकारीहरुले गाडी पास गरिदिने र भारतबाट ग्यासका सिलिण्डर र पेट्रोलियम पदार्थका तस्करी गर्ने गरेको स्रोतहरुले बताएका छन् ।

राजेन्द्र महतो, शिवपुजन रायलगायतका नेताहरुको जिल्लाका नाकाहरुमा त्रियाशील कार्यकर्ताहरुलाई तस्करीमा लगाइएको संघीय समाजवादी फोरमका एक नेतालेबताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts