Sunday, November 22, 2015

फेमिलियरमार्टको अनलाईन स्टोर सञ्चालन,के-के छ त सुविधा ? (फोटोफिचर)

काठमाडौं,मंसिर ७ । स्वदेशी वस्तुको प्रयोग र प्रबर्द्धन, आर्थिक क्रान्तिको महाअभियान भन्ने नाराको साथ नेपाली उत्पादनको जडिबुटिजन्य औषधी तथा कस्मेटिक सामानको क्षेत्रमा काम गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रा लि ले फेमिलियरमार्ट अनलाईन स्टोर (www.familiarmart.com) सुरु गरेको छ । राजधानीमा विशेष सेमिनारको माझ बनमन्त्री बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले फेमिलियरमार्ट डटकमको उट्घाटन गर्नुभयो । उपत्यकका ब्युटिपार्लर, अस्पताल, कस्मेटिक लगातयहरुलाई समेटिएर उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा ब्युटिसियन कमला श्रेष्ठ, कलाकार किरण केसी लगायत अन्य चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

12240049_1104468279586733_6792897866874621990_n

नेपाली बजारमा नेपाली जडिबुटीमाग बढेपछि उक्त मागको सहज रुपमा पूर्ति गर्न र अन्तराट्रिय बजार सम्म नेपाली जडिबुटिजन्य सामानको लोक प्रियता बढाउन फेमिलियरमार्ट अनलाईन स्टोर सुरु गरेको र फेमिलियरको अहिले काठमाडौं भ्यालीमा १७ वटा स्टोर सञ्चालनमा रहेको र अब त्यसलाई दश गुना बढाएर १७० वटा स्टोर सञ्चालनमा ल्याउने तयारी भै रहेको सञ्चालक सुमन दाहालले बताए । सेमीनार कार्यक्रममा फेमिलियरले आफ्नो स्टाफहरुलाई सम्मान समेत गरेको थियो ।

12246628_1104469206253307_7411640686085143319_n

विशेषज्ञ चिकित्सक समूहको रिसर्जवाट उत्पादन हुने फेमिलियरको उत्पादकको राजधानीको औषधी पसल, कस्मेटिक , किनारा पसल र प्रत्येक ब्युटिपार्लरहरु विक्रि हुने गरेको छ । नेपाली बजारमा यसको माग बढेपछि फेमिलियरले ७० भन्दा बढि पोडक्टको बिक्री गर्दै आएको छ ।

12249649_1104468409586720_4451755975960848492_n

फेमिलियरमार्टको आइडी डिपार्ट बर्गिकृत गरि यस आईटि डिपार्ट कविराज गिरीको संयोजकमा सञ्चालन हुनेछ । यस साईटवाट आफुलाई चाहिएको जानकारी र यसको मूल्यको बारेमा जान्न सकिनेछ । पछिल्लो समय विश्वमा फड्को मारेको सुचना प्रविधीलाई मध्येनजर गर्दै आम मानिसहरुको लागि सजिलो र सहज होस भन्ने उदेश्यले अनलाईन स्टोर सञ्चालन गरेको आईटि संयोजक कविराज गिरीले बताए ।

12270605_1154976941197531_1859133518_n

यस साइटमा फेमिलियरले अफ्नो उत्पादकहरुको साथै रोटी मेकर, कफि मेकर, इन्डक्सन चुलो लगायत अन्य सामानको मूल्य सहित उपलब्ध गराएको छ । यो सुविधासँग अब प्रत्येक व्यक्तिले (www.familiarmart.com) लगइन गरि हात-हात वाटै फेमिलियरमार्टको उत्पादकको साथै नयाँ नयाँ उत्पादको बारेमा जानाकारी लिन सक्नेछ । साथै फमिलियरले चाडै मोबाईल एक्स पनि लन्च गदैछ ।

12274459_1104468269586734_2556399721382944734_n 12278697_1104469876253240_2856843685822397996_n 12286127_1154977197864172_407511753_n

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts