Thursday, November 26, 2015

इटहरीमा तनावः विद्यार्थी संगठनद्वारा मोर्चाको स्टेजमा आगजनी

इटहरी,मंसिर ११ । सुनसरीको इटहरीमा संयुक्त मधेशी मोर्चाले बनाएको मञ्चमा सत्तारुढ विद्यार्थी संगठनका कार्यकर्ताले आगजनी गरेका छन् । शुक्रबार संघीय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसहित संयुक्त मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्न बनाइएको मञ्च युवाहरुले आगो लगाएका हुन् ।

नेपालमा नाकाबन्दी र व्यक्ति हत्याको प्रयास गरेर मोर्चाले नेपालीलाई दुःख दिएको भन्दै आक्रोशित स्थानीय युवा, विद्यार्थीहरुले मोर्चाको मञ्च तोडफोड गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्न उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत आउने कार्यक्रम तय भएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts