Thursday, November 26, 2015

उपत्यकामै छ २० हजार परिवारलाई ६ वर्ष पुग्ने ग्यास

काठमाडौं,मंसिर ११ । भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव भएपछि सरकारले उपत्यकाभित्रै प्राकृतिक ग्यासको सम्भावना खोजी गर्न थालेको छ । १८ वर्ष अघिको अध्ययनबाट उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने प्राकृतिक ग्यास भएको तथ्य पत्ता लागेको थियो ।

उद्योग मन्त्रालयले यसलाई प्रयोगमा ल्याउनेबारे छलफल सुरु गरेको हो । मन्त्रालयको प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका अनुसार जापानी सहयोग नियोग (जाइका) ले सन् १९९७ मा उपत्यकामा ग्यासको सम्भावना देखाएको थियो ।

उक्त अध्ययनले ४ करोड ५० लाख क्युबिक घनमिटर प्रमाणित र ३० करोड क्युबिक घनमिटर अर्ध प्रमाणित प्राकृतिक ग्यास रहेको देखाएको थियो ।‘लागत बढी पर्ने भएकाले हालसम्म सरकारले यससम्बन्धी प्रक्रिया अघि बढाएको थिएन,’ कोइरालाले भने, ‘अब प्रयोगमा ल्याउन सकिन्छ कि भनेर छलफल सुरु भएको छ । उद्योगमन्त्री सोमनाथ पाण्डेले पनि ग्यास खानीहरूको अवलोकन गरिसक्नुभएको छ ।’ प्रमाणित ४ करोड ५० लाख क्युबिक घनमिटरले ६ वर्षसम्म २० हजार परिवारले प्रयोग गर्न सक्ने छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts