Thursday, November 5, 2015

कस्ता छन् नयाँ मन्त्री ?

काठमाडौं,कातिक २० । तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद्मा बिहीबार सात मन्त्री थपिएका छन् । एमालेका तर्फबाट उपप्रधानसहित पाँच मन्त्री थपिएका हुन् । पार्टी उपाध्यक्षसमेत रहेका भीम रावल उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका छन् । रावल यसअघि गृहमन्त्री र पर्यटनमन्त्रीको रुपमा काम गरिसकेका अनुभवी व्यक्ति हुन् । पार्टीमा माधव नेपाल समूहबाट गत महाधिवेशनमा उपाध्यक्ष जितेका रावल संविधान निर्माणका क्रममा ओलीका विश्वास पात्रको रुपमा काम गरेका थिए ।

अर्थमन्त्री एमाले उपमहासचिव विष्णु पौडेल भएका छन् । उनी जलस्रोत, रक्षालगायत मन्त्रालयमा मन्त्री बनिसकेका अनुभवी व्यक्ति हुन् । ओलीका विश्वासपात्रसमेत मानिने पौडेल पछिल्लो राजनीतिक समीकरण निर्माणमा सक्रिय थिए । रावल अछाम र पौडेल रुपन्देहीबाट निर्वाचित सांसद् हुन् ।
सञ्चारमन्त्री भने भोजपुरका शेरधन राई भएका छन् । ओलीनिकट मािनने राई संसदमा सुशासन समितिका सभापति थिए । पर्यटनमन्त्री दालेखाका निर्वाचित सांसद आनन्द पोखरेल भएा छन् । महासचिव ईश्वर पोखरेल निकट मानिने पोखरेल प्राकृतिक स्रोत साधनसम्बन्धी काममा अभ्यस्त व्यक्ति हुन् ।

विनाविभागीय मन्त्रीका रुपमा बिहीबार एमालेकै सांसद शान्ता मानवीको नाममा अन्तिम समयमा मन्त्रीको सूचीमा चढेको हो । प्रधानमन्त्री ओलीले पार्टीभित्र आन्तरिक समीकरण मिलाउनका लागि पनि शाक्यलाई मन्त्री बन्न आग्रह गरेका थिए । पार्टीमा आफूभन्दा पछिल्लो वरीयतामा रहेको उपाध्यक्ष भीम रावल उपप्रधानमन्त्री बनेको अवस्थामा त्योभन्दा तल्लो वरीयतामा बस्नुपर्ने भएकाले शाक्यले मन्त्री बन्न नमानेको स्रोतको दाबी छ ।

मालेबाट उपप्रधानमन्त्री बनेका सिपी मैनालीले सम्हालेको महिना मन्त्रालयमा पूर्ववर्ती कोइराला सरकारमा उनकी श्रीमती निलम केसी मन्त्री थिइन् । सानो पार्टी र आफ्नो निर्णय लागू हुने भएकाले मालेबाट मैनालीका श्रीमान–श्रीमती पालैपालो मन्त्री बन्न सकेका हुन् ।

सहरी तथा गरिवी निवारण मन्त्रालयसहित उपप्रधानमन्त्री बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी भने यसअघि सार्वजनिक लेखा समितिका सभापतिबाहेक अन्य कुनै पदीय जिम्मेवारी नलिएका व्यक्ति हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts