Sunday, November 22, 2015

संविधान विस्थापित गर्न उपेन्द्रसँग बाबुरामको ‘नयाँ शक्ति’

काठमाडौं, मंसिर ७ । बाबुरामले भट्टराईले खोल्ने भनेको नयाँ राजनीतिक शक्ति ‘हात्ति आयो हात्ति आयो फुस्सा’ जस्तो भएको छ । उनी उपेन्द्र यादव नेतृत्वको मधेसवादी पार्टीमा सामेल हुने र त्यही पार्टीलाई नयाँ शक्ति भनेर प्रचार गर्ने अभियानमा जुटेका छन् । मुलुकको जनसंख्याको एकतिहाई भाग ओगटेका मधेसी, जनजाति, र खस आर्यलाई समेटेर विदेशी शक्तिले छुट्टै शक्ति निर्माण गर्न लागेकाले कांग्रेसलाई असर गर्ने तर्क कांग्रेस नेता प्रदीप गिरीले डेढ दशक अघिदेखि नै राख्दै आएका थिए । तर, त्यतिबेला मुलुक माओवादी जनयुद्धको गम्भीर चपेटामा भएका कारण कांग्रेस नेता गिरीको यो भनाईलाई कसैले ध्यान दिएन । आजको तरुण साप्ताहिकमा खबर छ ।

तर, माओवादीमा लागेर भारतबाट हतियार ल्याई १७ हजार नेपालीको रगतमा होली खेल्न सफल बाबुराम माओवादीकै ब्यानर प्रयोग गरी प्रधानमन्त्रीसम्म बन्न सफल भए । बाबुराम प्रधानमन्त्री बन्नु माओवादीकै लागि अभिसाप भयो । उनकै कारण माओवादी फुट्यो । अन्ततवगत्या ‘माओवादी पार्टी भनेको ढल्नै लागेको धराप घर हो, अब म यसमा बस्दिन नयाँ घर बनाउँछु’ भन्दै बाबुराम बाहिरिए ।
२०४६ सालको संविधान अन्त्य गर्न बाबुरामलाई प्रयोग गरेर माओवादी जनयुद्ध गराइएजस्तै २०७२ सालको संविधान समाप्त गर्न जातीय तथा साम्प्रदायिक युद्धको तयारी बाबुरामहरुले गरिरहेको विश्लेषण राजनीतिक विश्लेषकहरुले केही महिना अघिदेखि नै गर्दै आएका थिए ।
बाबुराम धोती लगाएर नयाँ संविधान च्यात्न जनकपुरको मधेसी आमसभामा सहभागी भएपछि यो विश्लेषणको खुलासा भएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts