काठमाडौं,मंसिर ७ । भारतीय नाकाबन्दीविरुद्ध एमाले शीर्ष नेताहरु एक ठाउँमा उभिएको देखिए पनि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा चयन भएपछि एमालेमा आन्तरिक समीकरणमा नाटकीय परिवर्तन देखिएको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएको तथा मन्त्रिपरिषद् गठनमा आफूहरुसँग उचित परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल ओलीप्रति रुष्ट देखिएका छन् ।
नेपाल समूहबाट उपाध्यक्ष लडेका राजेन्द्र पाण्डेलाई मन्त्री नबनाइएको तथा प्रेम आले पनि मन्त्रीको सूचीमा नपरेको भन्दै नेता नेपाल रुष्ट बनेका हुन् । यही विषयलाई लिएर नेता नेपालले फोनमा ओलीलाई ६ महिने सरकारमा पनि मिलाएर मन्त्री बनाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
बरिष्ठ नेता नेपालले ‘तपाईंको सरकार यस्तै व्यवहारले ६ महिनाभन्दा बढी नटिक्ने’ फोनमै बताएको एमाले स्रोतले बताएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले आफूलाई महत्व नदिएको भन्दै उपाध्यक्ष वामदेव गौतम पनि असन्तुष्ट बनेका छन् । । गौतमले सिफारिस गरेकालाई ओलीले मन्त्री बनाएनन् । एमाले नवौं महाधिवेशनमा अध्यक्षका ालगि ओली र नेपाल मैदानमा उत्रेपछि खनाल र गौतम निर्णायक बनेका थिए । अाजकाे तरूण साप्ताहिकमा खबर छ।
No comments:
Post a Comment