Tuesday, November 24, 2015

नेपाल सरकार’मेटाएर’मधेस सरकार’

सिराहा, मंसिर ८ । संविधान, संघियता र सिमांकनको बिरोध गर्दे बिगतसय दिन दिनदेखि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले तराई–मधेस क्षेत्रका सरकारी कार्यालयका होर्डिङ वोर्डमा नेपाल सरकार मेटाएर मधेस सरकार लेख्न थालेका छन् ।

कार्यालय समय सुरु हुनु अगावै आन्दोलनकारीहरुले मंगलबार विहान उनीहरुले लहानका आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय, अञ्चल यातायात कार्यालय, नापी कार्यालय, विद्युत प्राधिकरण, मालपोत कार्यालयलगायतका सरकारी कार्यालयका भित्ता र बोर्डमा मधेश सरकार लेखेका छन्। प्रत्यक्षदर्शिका अनुसार स्थानीय नेताको नेतृत्वमा दर्जनौं संख्यामा आएका आन्दोलनकारीहरुले नेपाल सरकार लेखिएको ठाउँमा रातो रंग पातेर मधेस सरकार लेखेका हुन् ।

मधेस सरकार लेख्ने अभियानमा सदभावना पार्टीका सह महासचिव राजकुमार गुप्ता, संघीय समाजवादी फोरमका सदस्य प्रयागलाल यादवसहित तराई मधेस लोकतान्त्रिक पार्टीसहित मोर्चाका नेता कार्यकर्ता सहभागी थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts