मंसिर, चितवन ९। इन्धन वितरणमा अनियमितता गरेको आरोपमा चितवनको भरतपुर १० रिजाल चोकस्थित अष्टभुजा पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । कालोबजारी गरेको पाइएपछि विभागका निर्देशक हरिनारायण बेल्बासे नेतृत्वको टोलीले बुधबार बिहान पम्पका सञ्चालक खिमकान्त बर्तौलालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।
उक्त पेट्रोल पम्प नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाइ रविन्द्र क्षेत्रीको जग्गामा बनेको छ । बर्तौलाले भाडामा पेट्रोल पम्प चलाउँदै आएका थिए । उक्त पेट्रोल पम्पले हिजो सर्वसाधारणलाई ६ हजार लिटर र कुपनका आधारमा ३ हजार गरी ९ हजार पेट्रोल वितरण गर्नुपर्नेमा उक्त परिमाणको पेट्रोल वितरण नगरी स्टक राखेको र कालोबजारी गरेको आंशकामा अनुसन्धान गर्दा करिब १ हजार लिटर पेट्रोल स्टक राखेको भेटिएकोले सिल गरिएको बताईएको छ ।
No comments:
Post a Comment