लस एन्जलस । स्विडेनको एक कन्सर्टमा पप स्टार म्याडोना गाउँदै गर्दा उनको एक हातमा माइक थियो भने अर्को हातमा टिस्युपेपर । उनी बारम्बार टिस्युले आँशु पुछिरहेकी देखिन्थिन् । यो दृश्य फ्रान्सको राजधानी पेरिसमा हालै भएको बम आक्रमणमा परि सयौंले ज्यान गुमाएपछिको अवस्था थियोे । म्याडोनाले कन्सर्टमै श्रद्धान्जली सभाको आयोजना पनि गरिन् र सबैलाई केही बेर मौन धारण गर्न सुझाइन् ।
बोल्दा उनका स्वर पनि भक्कानिएजस्ता सुनिएका थिए । उनले कन्सर्टमा आफ्नो प्रस्तुति दिएपछि भनिन्,‘पेरिस घटनापछिका समय बिताउन मलाई साह्रै कठिन भइरहेको छ । आज कन्सर्ट गर्न पनि साह्रै गाह्रो लाग्दैछ । किनकी जब म नाचिरहेको थिएँ, उता मानिसहरु छटपटाउँदै र मर्दै थिए ।’
उनले अगाडी थपिन्,‘उनीहरु हाम्रो आवाज बन्द गर्न चाहन्छन् । तर, हामी कदापी त्यस्तो हुन दिन्नौं । उनीहरुले यो बुझुन् कि प्रेमले मात्र संसार बदल्न सकिन्छ ।’
-सेतोपाटी
No comments:
Post a Comment