Sunday, November 8, 2015

उपप्रधानमन्त्री केसीले भने, ‘नाकाबन्दी भन्न नसक्ने या त मूर्ख हुन् या त भारतीय दलाल’

उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतले नाकाबन्दी गर्यो भन्न नसक्ने व्यक्ति मूर्ख वा भारतीय दलाल मात्रै हुन सक्ने बताएका छन् । पत्रकार नारायण पौडेलको टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै उपप्रधानमन्त्री केसीले यस्तो धारणा राखेका हुन् । भारतले लगाएको नाकाबन्दी घामझै छर्लंग भइसक्दा पनि नाकाबन्दी भन्न हिच्किचाउनु पर्ने कुनै कारण नरहेको उनले स्पष्ट पारेका छन् । नाका देखिएको अवरोधलाई नयाँ सरकारले नाकाबन्दी नै भन्ने केसीले जानकारी दिए । भारतले नेपालको समथर भूमि टुक्र्याएर भारतीय महाद्वीपमा गाभ्ने षडयन्त्र गरिरहेको पनि उनले आरोप लगाए । केसीले भने, ‘हामी नेपाली रोई रोइ बाच्ने होइन, हासि हासि मर्न तयार हुनु पर्छ तर कसैसँग झुकेर बस्नु हुँदैन ।’ नेपालले अवलम्वन गरेको संघीयता कुनै पनि हालतमा राष्ट्रहितमा नरहेको उनले दावी गरे । उनले भने, ‘संघीयता र देशमध्ये एउटा रोज्नु पर्ने बेला आएको छ ।’ राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले संघीयतालाई आफूले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । उनले भने, ‘ झुन्डिएर मर्न परोस्, गोली खान परोस, तयार छु । तर संघीयताको पक्षधर हुन सक्दिन ।’

-Kathmandutoday

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts