Wednesday, November 18, 2015

भ्रम छरे, खबरै गरेनन् : कांग्रेस

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसले आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दलसँग बुधबारको वार्ता निर्णायक भनेर सत्तारुढ दलहरुले भ्रम फैलाएको आरोप लगाएको छ । कांग्रेस पदाधिकारीको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा नेताहरुले वार्ता र संवादबाट समस्या समाधान गर्न पार्टी सकारात्मक रहे पनि सत्तारुढ दलहरुले वार्ताबारे जानकारीसम्म नदिएको बताए ।

‘हामी वार्ताविरोधी होइनौं,’ कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने,‘सत्तारुढ दलहरुले मधेसकेन्द्रित दलहरुसँग निर्णायक वार्ता भनेर प्रचारबाजी गरे, कहाँ, कहिले वार्ता हुन्छ, हामीलाई जानकारी नै गराएनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts