Wednesday, November 4, 2015

नयाँ शक्ति निर्माण अभियान लिएर डा भट्टराई गोरखा दौडमा

गोरखा,कातिक १८ । देशमा नयाँ शक्तिको आवश्यकता रहेको बताउँदै आउनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नयाँ शक्ति निर्माणको अभियान लिएर गोरखाको गाउँगाउँ भ्रमणमा निस्केका छन् ।

गोरखा क्षेत्र नं १ को फिनामबाट भट्टराईले आजदेखि जनता भेटघाट कार्यक्रम सुरु गरेका हुन। गत संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–१ बाट निर्वाचित भए पनि हालै एमाओवादी परित्यागसँगै सांसद पद पनि त्याग गरेका छन् ।

आज भट्टराई फिनाम हुँदै ताप्लेको कोखे आहलेका जनतासँग भेटघाट गरेपछि अश्राङ हुँदै बोर्लाङ पुगेका छन् र बोर्लाङमा बस्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि बोर्लाङको क्यामुन्टार, पिपलटार, हटियालगायत ठाउँका स्थानीयवासीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको भट्टराई निकट गोरखाका नेता रमेश पोखरेलले बताए।

क्षेत्र नं १ को ताक्लुङ, घैरुङका जनतासँग पनि नयाँ शक्ति निर्माणको आवश्यकताबारे, एमाओवादी परित्याग गर्नुका कारणबारे छलफल हुने कार्यक्रम तय भएको छ ।

नयाँ शक्तिलाई साथ दिन भट्टराईले पूर्व मतदातासँग आग्रहसमेत गरेका छन् । भट्टराईले संविधान निर्माण भइसकेका अवस्थामा अब नयाँ गतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान नयाँ शक्तिको आवश्यकता रहेको बताए ।

आफूले मत दिएर निर्वाचित गराएको नेताले निर्वाचन क्षेत्र छाडेको, एमाओवादी छाडेको भन्दै केही कार्यकर्ता असन्तुष्ट देखिएका छन् । गाउँका स्थानीय खेतको धान काट्न छाडेर भट्टराईले आयोजना गरेको विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुन पुगेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts