Tuesday, November 3, 2015

तेल हाल्न निजी सवारीसाधनलाई ब्लुबुकसँगै टोकन अनिवार्य

काठमाडौं,कातिक १८ । नेपाल आयल निगमले बिहीबारबाट निजी सवारीसाधनलाई वितरण गर्न लागेका पेट्रोल वितरणमा नयाँ नियम ल्याएको छ । अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि निगमले टोकन अनिवार्य गरेको हो ।
सवारीधनीले तेल पाउन लाइनमा बसेका सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने अनिवार्य रहेको निगमले जनाएको छ । टोकन नलिनेले भने तेल पाउने छैनन् । यसअघि वितरण गरिएको तेलमा अधिकांसले तेल नपाएर रितो हात फर्किएपछि बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई वितरण गर्ने लागेको तेलमा यस्तो नियम लागू गर्न लागेको हो । तेल तिहारलाई लक्ष्यित गर्दै वितरण गर्न लागेको निगमले जनाएको छ ।
भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । निगमका अनुसार ५० निजी पम्पमार्फत पेट्रोल बाँडिनेछ । मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लटसम्म, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ देखिमाथिको लटका लागि पेट्रोल दिइनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts