Monday, November 23, 2015

चक्र बिष्टको सम्बन्ध यो छुटिगयो म्युजिक भिडियो हिट बन्दै

-साधना बस्नेत

chhk

ताप्लेजुंग जिल्ला आम्बेगुदीनदेखि काठमाडौं हुदै हाल अमेरिकामा रहेका चक्र विष्टकोको चौथो एल्बम सम्बन्ध यती मात्र होइन  सार्वजनिक भएको छ ।   गायक शिव बस्याल, संगीतकार प्रदीप सुवेदी, निर्देशक हिमाल सागर, सम्पादक प्रदीप दाहाल रहेको सम्बन्ध एल्वममा चक्र विष्ट र सपनाले अभिनय गरेका छन् भने यो एल्वमलाई  Spar क्रियसन प्रा.लि ले बजारमा ल्याएको छ । एल्वम छायांकनमा रेशम दर्लामी र म्युजिक संयोजन पुरुषेतम न्यौपानेको रहेको छ । 

Click here to view the embedded video.

हामी नेपाली जहाँ रहेपनि गौरवशाली भने झैं कलाकारीता क्षेत्रमा छुटै पहिचान गराउने उदय ताराको रुपमा चिनिएका छन् चक्र बिस्ट । अति मिलनसार स्वभावका धनी गाउ घर देखि नै नृत्य गर्न रुचाउने र नृत्यकार क्षेत्रलार्इ निरन्तरता दिदै आफ्नो पढाई आम्बेगुदीनको रजा उच्च माविमा माध्यमिक तहको पढाई पुरा गरि काठमाडौँ गरेका विष्ट नेपाली कला संगीत क्षेत्रमा लागि परेका छन् । ताप्लेजुंग जिल्ला आम्बेगुदीनदेखि काठमाडौं हुदै हाल अमेरिकामा रहेका चक्र विष्टले नेपाली कला संगीत क्षेत्रलाई जहाँ भए पनि माथि उठाउने काममा गीत संगीतलाई नै रोजेका छन् । नेपालीपनको कला संस्कृतिको भावहरुलाई गीत संगीतको माध्यमबाट माथि उठाउने अभियानमा चक्र बिस्टको पहिलो एल्बम बाध्यताले जादै छु परदेश ,दोस्रो एल्बम राष्ट्रिय गित स्पर्श नेपाल हाम्रो, तेसो एल्बम मन को मलम  बैसाख १२ को भूकम्प र चौथो एल्बम सम्बन्ध यती मात्र होइन भर्खर सार्वजनिक भएको हो । कतै नेपाली टेलिशृङ्खला तीतोसत्यमा समेत अभिनय गरिसकेका विष्टले गीत संगीतको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली गीत संगीतमा नवीनता दिनुपर्दछ जहाँ हाम्रो मौलिकता र स्वाभिमान हुन्छ, नेपाली कला संगीतको क्षेत्रमा नवीनता खोज्दा कही कतै  हाम्रो मौलिकता गुम्नुहुदैन । आफ्नो कला संगीतको नेपाली मौलिक पन नै हाम्रो चिनारी हो । पूर्व मेचीेदेखि पश्चिम महाकालीसम्म हजारौं मौलिकपन रहेका छन् । जसलाई हामीले कला संगीतको माध्यमबाट बाहिर ल्याउनुपर्दछ र यसलाई आम नेपालीहरुले माया गरिदिए मात्र पुग्ने चक्र बिष्टको सन्देश रहेको छ । appar chakra
जहाँ भए पनि हामी नेपाली भएर हाम्रो राष्टियतालाई विश्वभर पुर्याउनुपर्दछ भन्ने सुमधुर आवाजका धनी चक्र बिष्टको अभियानको सफलताको कामना हाम्रो तर्फबाट पनि । सयौ हजारौ होइन लाखौ नेपालीहरुको मनको ढुकढुकीमा विष्टको मौलिक नेपालीपनको गीत संगीत रहन सकोस् हामी सबैको शुभेच्छा ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts