Saturday, November 14, 2015

लण्डनका नेपालीको प्रदर्शनले भारत आश्चर्यमा

कार्तिक २८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लण्डनमा नेपालीले गरेको प्रदर्शनबारे भारतले चासो देखाएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार यो प्रदर्शनले भारतीय भ्रमण मण्डलमा आश्चर्यमा परेको थियो । बेलायतमा नेपालीको प्रभाव बारे बुझ्न भारतले बेलायतस्थित उच्च आयोगलाई निर्देशन दिएको छ ।

बिहीबार मोदी र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले लण्डन स्क्वायरमा रहेको महात्मा गान्धीको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम हुँदा नेपालीले मोदीविरुद्ध नाराबाजी गरेका थिए ।
समाचारमा जनाइएअनुसार गुजराती र शिखको प्रदर्शन हुने ठानेको भए पनि भारतीय भ्रमण दलले नेपालीको प्रदर्शनबारे सोचेको थिएन । ब्याकअफ इन्डिया, रिमुभ ब्लकेड लगायतका होर्डिङ बोर्ड सहित करिब ७ सय जति नेपालीले प्रदर्शन गरेका थिए ।

-kantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts