Monday, November 16, 2015

सरकारले राजधानीका पाँच स्थानबाट दाउरा बिक्री गर्ने

काठमाडौं,मंसिर १ । दाउराको माग अत्यधिक बढेपछि सरकारले राजधानीका विभिन्न पाँच स्थानबाट दाउरा बिक्री गर्ने भएको छ । टिम्बर कर्पोरेसनले सीतापाइला, महाराजगन्ज, बालाजु, भक्तपुर र ललितपुरमा नयाँ डिपो स्थापना गरी बुधबारदेखि दाउरा बिक्री गर्ने जनाएको छ ।
वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसनमार्फत आइतबारदेखि बालकुमारी र गौशाला डिपोबाट मात्रै दाउरा बिक्री गर्दै आएको थियो । दुई स्थानबाट मात्रै दाउरा बिक्री गर्दा विभेद र अपुग भएको भन्दै उपत्यकावासीले गुनासो गरेपछि वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बरको डिपो बढाउने तयारी गरेको हो ।
सोमबार वन तथा भूसंरक्षण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राजधानीका पाँच स्थानमा डिपो राख्न मन्त्रालयका अधिकारी र सरोकारवाला निकायसँग छलफल गरेका थिए । सोही छलफलले टिम्बरको डिपो बढाउने निष्कर्ष निकालेको हो । सचिव रेग्मीले सर्वसाधारण जनताको मागअनुसार नाफा–नोक्सान नहेरी अधिकतम रूपमा दाउरा बिक्री गर्न टिम्बरका अधिकारीलाई निर्देशनसमेत दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts