काठमाडौं,कातिक १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभालाई सम्बोधन गर्न आज बिहान ११ बजे विराटनगर नाका नजिकै फारबिसगञ्ज आउँदै छन् । बिहार विधान सभाको चुनावी सभालाई सम्बोधन गर्न विराटनगरबाट २४ किलोमिटरको दुरीमा रहेको फारबिसगन्जमा आउन लागेका हुन् । मोदी आउने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
सीमा वारपार गर्ने मानिसको चेकजाँच गर्नुका साथै नेपालतिरबाट गाडी पठाउन रोक लगाइएको छ । जोगबनीदेखि नै सुरक्षाकर्मीले गस्ती बढाएका छन् । बिहार विधान सभाको चुनावी प्रचारको सोमबार अन्तिम दिन हो । त्यसपछि शुन्य समय शुरु हुनेछ । बिहारमा अन्तिम चरणको चुनाव नोभेम्बर ५ तारिखमा हुँदैछ । भारतीय जनता पार्टीलाई जिताउन मोदी चुनावी दौडमा केन्द्रित छन् ।
No comments:
Post a Comment