Wednesday, November 18, 2015

सरकारको आजदेखि निःशुल्क यातायात सञ्चालन गर्दै,यस्तो छ रुट

काठमाडौं मंसिर ३ । सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि नि:शुल्क रूपमा सञ्चालन गर्ने भएको छ । चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी तथा सर्वसाधारण बोक्ने कार्यमा समेत प्रयोग गर्न लागेको जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले चारवटा गाडी बिरामी तथा सर्वसाधारण बोक्न प्रयोग गरिने जानकारी दिए ।

प्रवक्ता पौडेलले जनताका लागि सञ्चालन गर्न लागिएको नि:शुल्क बस सेवाको सदुपयोग गर्न बिरामी तथा सर्वसाधारण जनतालाई आह्वान गरे । सामान्य प्रशासन मन्त्रालयका अनुसार सुरुमा चारवटा गाडी बिरामी बोक्न प्रयोग गरिने भएको छ । पछि यो संख्या बढाइने भएको छ । सामान्य प्रशासन मन्त्रालयका दुईवटा र गृह मन्त्रालयका दुईवटा बस सर्वसाधारणका लागि सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले नि:शुल्क सञ्चालन हुने बसहरूको रुटसमेत तय गरेको छ । मन्त्रालयका अनुसार पाटन अस्पताल र आसपास क्षेत्रमा जाने बिरामी, तिनका आफन्त तथा सर्वसाधारणका लागि सातदोबाटोबाट कोटेश्वर भक्तपुर क्यान्सर अस्पताल हँुदै पुन: पाटन अस्पतालको रुट तय गरिएको छ ।

यसैगरी, प्रसूतिगृह, वीर अस्पताल हँुदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म अर्को रुट तय गरिएको छ । सोही रुट हिँड्ने बस पुन: गंगालालवाट प्रसूतिगृह फर्कनेछ । त्यस्तै, अर्को बस सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर सोही रुट हुँदै फर्कनेछ । चौथो गाडी निजामती अस्पतालबाट सहिदगेट हँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

यस्तो छ

रुट रुट नं १: पाटन अस्पतालबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर क्यान्सर अस्पताल हुँदै पुन: पाटन अस्पताल

रुट नं. २: प्रसूतिगृह, वीर अस्पताल हुँदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म पुगेर पुन: प्रसूतिगृह फर्कने

रुट नं. ३: सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर पुन: सिंहदरबार फर्कने

रुट नं. ४: निजामती अस्पतालबाट सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकी पुगेर पुन: सोही रुट निजामती अस्पताल फर्क

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts