Wednesday, November 18, 2015

विलम्ब शुल्क विवादले आयात नै ठप्प हुने संकेत

काठमाडौं मंसिर ३ । भारतका विभिन्न स्थानमा रोकिएका सामानको विलम्ब शुल्क कसले तिर्ने भन्ने विवाद बढ्दै जाँदा नेपालले तेस्रो मुलुकबाट सामान नै आयात गर्न नसक्ने अवस्था सिर्जना भएको छ । विलम्ब शुल्कबापतको रकम साढे २ अर्ब पुगे पनि यो रकम बेहोर्न आयातकर्ताले आनाकानी गरेपछि फ्रेट फरवार्डर्स कम्पनी र आयातकर्ता कम्पनीबीच विवाद बढेको हो ।

विवादकै कारण सिपिङ कम्पनीहरुले भुक्तानी पाउन नसकेपछि नेपाली कम्पनीका लागि उनीहरुले काम नगर्ने जानकारी दिन थालेको फ्रेड फरवार्डर्स एसोसिएसनका अध्यक्ष राजन शर्माले जानकारी दिए । हालैमात्र सपिङ कम्पनी सिएमए सिजिएमले नेपालमा सामान पठाउन नसकिने जानकारी दिइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts