काठमाडौं,मंसिर २ । धनुषा, महोत्तरी, पर्सा, सिरहा, सप्तरीसहितका मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ । कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अर्घ्य दिए ।
यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।
त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने पर्व सम्पन्न गरेका हुन् ।
व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने क्रम चलेको छ ।
मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।
यसपालि पर्व समापन गरेका व्रतालुले भने मुलुकमा जारी अशान्त वातावरण चाँडै टुङ्गियोस् भन्ने कामना गरेका छन् ।
बिहान बर्दिवासको बारनचौडी पोखरीघाटमा व्रत समापन गरेकी बर्दिवास–३ की गायत्री शर्माले आफूले व्यक्तिगत आकर्षणालाई पर सारेर सरकार, मुख्य दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता सफल होस् भन्ने कामना गरेको बताउनुभयो ।
बर्दिवाससहित महोत्तरीका अन्य गाउँनगर बस्तीका व्रतालुले पनि आजको वार्ता सफलताका लागि आफूहरुले भगवान् सूर्यसँग प्रार्थना गरेको बताएका छन् ।
उता, विराटनगरमा पनि उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको छ ।
व्रतालु महिलाले बिहानै जलाशयमा प्रवेश गरेर छठीमाताको पूजापाठ गरी प्रसादका रुपमा रहेको ठेकुवा, केरा, मिठाइ लगायत सामग्री अर्घ्य का रुपमा उदाउँदो सूर्यलाई अर्पण गरे ।
मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगरमा पनि धार्मिक विधिपूर्वक धूमधामका साथ यो पर्व मनाइएको हो । रासस
Tuesday, November 17, 2015
उदाउँदो सूर्यलाई अर्घ्य दिइ आज बिहानै छठ पर्वको विदाइ
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment