Tuesday, November 24, 2015

दिउँसो–दिउँसो चर्को राष्ट्रवाद, रात परेपछि भारतीय राजदूतसँग रंगेहात !

काठमाडौं,मंसिर ९ । बाहिर तिक्त सम्बन्ध भए पनि व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली र भारतीय राजदूत रणजीत रायबीच राम्रो सम्बन्ध छ भन्ने कुरा शुक्रबार रातीसम्म बालुवाटार बसेकाहरुले राम्रैसँग बुझ्न पाए । भेट्न आएकाहरुको भीडलाई छोडेर प्रधानमन्त्री ओलीले राजदूत रायसँग करिब डेढ घन्टा कुराकानी गरेका थिए ।

उक्त भेटका लागि भारतीय राजदूत राय स्वयम्ले समय मागेका थिए । औपचारिक भेटका लागि सरकारी कार्यालय ठीक हुने भए पनि उनले विशेष कुरा गर्न चाहेको बुझेपछि निवासमा त्यो पनि रातीको समय मिलाइएको थियो ।
आधा घन्टाका लागि भनेर तय गरिएको भेटघाट डेढ घन्टासम्म तन्किँदा अरु धेरै त के कुरा भए थाहा हुन सकेन, तर त्यसपछि भेटेका एक मन्त्रीसँग प्रधानमन्त्री ओलीले भनेअनुसार, भारतीय राजदूतले सीमामा देखिएको समस्या आफ्ना लागि समेत बोझ भएको खुलेरै बताएछन् । उनको भनाई रहेछ, ‘हामीलाई नै बोझ भइसक्यो । तपाई आफ्ना मानिसलाई सम्झाउनुस् ।’ आफ्ना मानिस भनेर उनले महन्थ ठाकुर, उपेन्द्र यादवहरुलाई भन्न खोजेका हुन् ।

यसबाट निकालिएको निष्कर्ष के छ भने नाकाबन्दी गरिदिनुपर्यो भनेर उनीहरुले नै भारतीय पक्षमाथि दबाब दिइरहेका छन् । हात हालिसकेपछि कुनै निष्कर्ष ननिकालेरै यत्तिकै पछि फर्किंदा भारतको थप बेइज्जत हुने र नेपालमा यसले भनेको अब केही पनि लाग्दैन भन्ने प्रमाणित हुने भएका कारण लाज छोप्ने कुनै सम्झौता नभएसम्म भारत पछि फर्किन नसक्ने संकेत पनि राजदूत रायले कुटनीतिक रुपमा गरेका थिए । बुधबार साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts