Wednesday, November 25, 2015

प्रहरी र गुन्डाले कब्जा गर्छन् ग्याँस, जनताको भागमा कहिले ?

भक्तपुर,मंसिर १० । कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर ग्यास आइपुग्यो । ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण अब ग्यास पाइने भो भन्दै दंग भए । तर, लगत्तै एउटा हुल आयो । त्यो हुलमा स्थानीय गुन्डा र प्रहरी थिए । उनीहरुले हाम्रो भाग भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए । सर्बसाधारण हेरेको हेर्यै भए ।

‘एक सिलिन्डर ग्यास पाउने आसमा लाम लागेको डेढ महिना भएको थियो, ग्यास पनि आयो, तर हामीले हेर्न मात्र पायौं,’ कौशलटारकी गृहणी सम्झना प्रधानांगले दुखेसो पोखिन्,‘प्रहरी र गुन्डाले नै आएजति ग्यास कब्जा गरेपछि हामी गरिबको के लाग्छ ? ’ उनका अनुसार ग्यास वितरण पारदर्शी बनाउने भन्दै खटिएको प्रहरीले हाम्रो भागमा १५ सिलिन्डर भन्दै सुरुमै छुट्याएर राखे, आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts