Saturday, November 14, 2015

पुष १० गते बाट आधा पेजको प्रदर्शन

काठमाडौं । पुष १० गते बाट प्रदर्शन आउन लागेको चलचित्र ‘आधा पेज’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।तिहारको अवसर परेर चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपानेलाई देख्न सकिन्छ ।चलचित्र “आधा पेज”समुन्द्र भट्टको निर्देशनमा तयार पारिएको हो ।

चलचित्रमा सलोन,रिस्ता,रुपेशको अलावा बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्र “आधा पेज” ले यस अघि नै देशका आठ सहरमा चलचित्रको फेसबुक पेजलाई इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ भन्दै प्रचार प्रसार सुरु गरि सकेको छ ।तिहार लगतै पत्रकार सम्मेलन मार्फत चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिने चलचित्रका निर्माता लीला बहादुर न्यौपानेले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts