काठमाडौं,मंसिर ६ । राजधानीको चाबहिलमा सुरु भएको नयाँ शक्ति अभियान अभियन्ताहरुको राष्ट्रिय भेलामा विभिन्न व्यक्तिहरु शुभकामना दिन आएका छन् । भेलामा अधिकांश पूर्व माओवादी नेता कार्यकर्ताहरु सहभागी छन् । दुई दिनसम्म चल्ने भेलाले नयाँ शक्ति निर्माणको योजना बनाउने छ । तर, यो भेलाबाट नयाँ पार्टी गठनको भने घोषणा हुने छैन । भेलाको उद्घाटन डा. बाबुराम भट्टराईले ताली बजाएर गरेका छन् । भेलामा विभिन्न पार्टीका नेताहरु, नागरिक समाजका साथै बुद्धिजीवीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा शुभकामना सन्देश दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलन छाडेर कार्यक्रमस्थल आइपुगेका छन् । त्यस्तै लेखक तथा साहित्यकार खगेन्द्र संगौंला, पूर्वसचिव प्रविण मिश्र, पद्यरत्न तुलाधर, छाया शर्मा, रविभक्त श्रेष्ठ, डा केशवमान श्रेष्ठ, प्रा डा राजेन्द्र केसी, माधवरसिंह थापा लगायत कार्यक्रममा सहभागी छन् । कार्यक्रममा कांग्रेस नेता प्रदिप गिरी पनि सहभागी छन् ।
No comments:
Post a Comment