काठमाडौं,कातिक १४ । जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिकको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शुक्रबार राति भएको खेलमा फ्रर्यांकफर्टसँग गोलरहित बराबरीमा रोकिएपछि बार्यनको विजयी यात्रा टुंगिएको हो । लिग लिडर बार्यनले लिगको १० खेलसम्म सबै खेलमा जित निकालेको थियो ।
११ औं खेलमा आएर बार्यनले विजय यात्रालाई कायम गर्न सकेन । बराबरीपछि शीर्ष स्थानमा रहेका बार्यनको ११ खेलबाट ३१ अंक भएको छ । बार्यन दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्ड भन्दा ८ अंकले अघि छ ।
No comments:
Post a Comment