Friday, October 16, 2015

माइली ! जनताको मन राख्नू है , सभामुख ओनसरीलाई उनकी आमाको सन्देश

काठमाडौँ,असोज ३० । माइली छोरी ओनसरी शुक्रबार संसदभित्र सभामुमा विजयको खुसी साट्दै थिइन । त्यति नै बेला आमा नौमती पेटीमा घाँसको भारी बिसाउँदै थिइन् । छोरी देशकै पहिलो सभामुखमा निर्वाचित भएको उनलाई पत्तै थिएन । ‘खै के के गरिराछे, मलाई त केही थाह छैन, ‘साँझपख पेटीमा सुस्ताइरहेकी नौमतीलाई यो खबर सुनाउँदा उनले भनिन्, ‘आफूलाई त घाँस कता पाइन्छ भन्ने मात्रै सुर्ता छ । ’ ७० वर्षीया नौमतीले दुईटा ‘पाडा’ पालेकी छन् । पाडालाई खुवाउने घाँसकै लागि उनका हरेक दिन खोला, खेतकिनारमै वित्छन् ।

‘यो ठूला पद हो बाबु ? ’ नौमतीले खुसी हुँदै भनिन् , ‘माइली अझै ठूलो मान्छे बनोस् ।’ नौमतीसँग फोन छैन । घरमा रेडियो टिभी पनि छैन । खुसीको खबर गाउँले कसैले सुनाइदिएनन् । उपसभामुख बन्दासम्म छोरी ठूलो मान्छे बनेको नौमतीलाई थाह थियो । तर यो पटक त्यो भन्दा ठूलो पदमा पुग्दा उनले पत्तो नै पाइनन् ।आजको नागरिक दैनिकमा खबर छ

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts