एजेन्सी, असोज २५ । विश्व विजेता जर्मनी जर्जियालाई २–१ हराउँदै युरोकपका लागि छनौट भएको छ । आइतबार राति भएको खेलमा जित निकाल्दै समुह डीको विजेता बन्दै युरोकप २०१६ का लागि छानिएको हो ।
जर्मनीको लागि खेलमा ५० औं मिनेटमा थोमस मुलरले पेनल्टीको अवसरलाई सदुपयोग गर्दै अग्रता दिलाए । ७९ औं मिनेटमा म्याक्स क्रुसले गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए । जर्जियालका लागि खेलको ५३ औं मिनेटमा एक मात्र गोल जाबा कानकावाले गरे।
No comments:
Post a Comment