काठमाडौं, असोज २६ । नेपाली काँग्रेसबाटै हाल राष्ट्रपति रहेको अवस्थामा काँग्रेसले फेरीपनि नयाँ राष्ट्रपतिमा आफ्नै दावी गर्ने भएको छ । दुईदिन अघिसम्म प्रधानमन्त्री र राष्ट्रपति दुवै सम्हाल्दै आएको काँग्रेस सत्ता र शक्तिबाट हप्तादिनपनि टाढा बस्न सक्दैन भन्ने आम ठम्याइलाई चरितार्थ गर्दै काँग्रेसले राष्ट्रपतिमा दावेदारी गर्ने देखिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीको दावी रहनेको बताएका हुन् ।
प्रधानमन्त्री चुनावमा हारेको दुईदिनपछि कोइरालाले राष्ट्रपतिमा भने आफ्नो पार्टीले जित्ने दाबी समेत गरेका छन् । प्रधानमन्त्री बनेपछि ओलीले काँग्रेसलाई पनि सहमती लिन्छु भनेको भन्दै सहमतिमा लिनेभए सहमतीमै राष्ट्रपति दिन आग्रह गरेका छन् । एक अनलाईसँगको कुराकानीमा शेखर कोइरालाले राष्ट्रपतिको चुनावमा कांग्रेसले जसलाई भोट हाल्छ, उसैले जित्ने दाबी गर्दै प्रधानमन्त्रीमा पराजित भएका सुशील कोइरालालाई काँग्रेसले राष्ट्रपतिको उम्मदेवार बनाउने सम्भावना रहेपनि निर्णय नभइसकेको बताएका छन् ।
No comments:
Post a Comment