काठमाडौं, असोज २६ । संविधान जारी भएलगत्तै एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि सक्रियता ह्वात्तै बढाएर लगेका छन् । पार्टी परित्याग गरेपछि तराई क्षेत्र र आफ्ना मतदाताहरुसँग भेटघाट गरिसकेका भट्टराईले आफू पक्षीय नेता तथा कार्यकर्ताहरुसँग पार्टी छाड्नुका कारणलगायत नयाँ योजनाका बारेमा जानकारी गराउन भेला मंगलबार भेला आयोजना गरे । मंगलबार भट्टराईले एमाओवादी पार्टी मुख्यालयनजिकैको एक पार्टी प्यालेसमा झन्डै पाँच हजारभन्दा बढी नेता कार्यकर्ता उतारेर पार्टी छाड्नुको कारण र अबको भावी योजनाका बारेमा स्पष्ट पारेका हुन् ।
बाबरामनजिक मानिने एमाओवादीका नेताहरुको समेत उपस्थिति रहेको कार्यक्रममा देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, कल्पना धमलालगायत नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले पार्टीबाट बाबुरामको बहिर्गमन एमाओवादीको रबैयाको उपज भएको बताए । एमाओवादीभित्रै रहेका उनीहरुले पार्टी अब नसुध्रने भन्दै नयाँ शक्ति निर्माणका लागि कार्यकर्तालाई अपिल गरे । भेलामा अहिले बाबुराम भट्टराईले सम्बोधन गरिरहेका छन् ।
No comments:
Post a Comment