अनु आचार्य-काठमाडौं,असोज २९ । भूकम्पका कारण बन्द भएर पाँच महिनापछि बिहिबारबाट खुलेको चीनसँगको दोस्रो ठूलो रसुवागढी नाका खुलेको २४ घण्टा नवित्दै बन्द भएको छ । केरुङ भन्सार कार्यालयका अनुसार पुनः सञ्चालन गरिएको नाका नजिक रसुवाढी–केरुङ सडकमार्गमा पहिरो खसेका कारण नाका बन्द गरिएको हो ।
पहिरोले सडक भासिएका कारण बन्द भएको नाका खुलाउन प्रयास थालिसकिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभएको छ । गेलालका अनुसार चीनले पहिरो पन्छाएर सडक पुनः सुचारु गर्न बढीमा एकहप्ता लाग्ने जानकारी दिएको बताउनुभयो । बडादशैंमा चीनको रसुवागढी नाकावाट दैनिक उपभोग्य सामग्रीका साथै इन्धन आउने आशा गरिरहँदा पहिरोले नाका बन्द भएपछि दशैंअघि चिनबाट आउनसक्ने खाद्यान्न र ईन्धन नआउने निश्चित भएको छ ।
No comments:
Post a Comment