काठमाडौं, असोज ३० । नवरात्रको पांचौं दिन आज (शनिबार) स्कन्द माताको पूजा आराधना गरिंदैछ । भक्तहरुको इच्छा पूर्ती गर्ने स्कन्द माताको पूजा आराधनाले मोक्ष प्राप्त हुने जनविश्वास रेको छ ।
पूराण अनुसार आसुर्यसंगको युद्धमा स्कन्द माताले ताराकासुर दैत्यलाई मारी देवताहरुको रक्षा गरेको उल्लेख छ । यस्तै स्कन्द कुमार कात्तिकेयको बाल स्वरुपलाई सधैंव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्द माताको नामबाट पुकार्ने गरिन्छ ।
बिहानै देखि देशका बिभिन्न शत्तिपीठहरुमा भक्तजनको भीड लागेको छ । काठमाडौंको भद्रकाली, नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभा भगवती लगायतका शत्तिपीठहरुमा पूजा आराधना गरिंदै छ ।
यस्तै काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई लगायतका शत्तिपीठहरुमा पनि बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाईने दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।
पहिलो दिन शैल्यपूत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पांचौ दिन स्कन्द माता, छैठौं दिन कात्तियानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।
Friday, October 16, 2015
नवरात्रको पांचौं दिन आज स्कन्द माताको पूजा आराधना गरिंदै
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment