Tuesday, October 13, 2015

दसैंकालागि भित्रिने खसीबोकाको आजबाट अनुगमन र स्वास्थ्य परीक्षण

काठमाडौ,असोज २७ । सरकारले बुधबारबाट उपत्यकामा भित्रिने खसीबोका लगायतका चौपायाको अनुगमन गर्ने भएको छ । राजधानीमा न्यून मात्रामा इन्धन आपूर्ति भएलगत्तै उपत्यकाको विभिन्न नाकाबाट दशैंका लागि खसीबोका भित्रिने क्रम शुरु भएपछि बुधबारबाट सबै चौपायाको अनुगमन गर्न लागिएको हो । थानकोट, कोटेश्वर, फर्पिङ लगायतका नाकाबाट भित्रिने चौपायाहरुको स्वास्थ्य परीक्षण गरी खान योग्य भए वा नभएको अवस्थाबारे जानकारी दिन परीक्षण गर्न लागिएको नेपाल समाचारपत्रमा खबर छ ।

भेटेनरी जनस्वास्थ्य कार्यालय, काठमाडौं महानगरपालिका, पशु चिकित्सक र चौपाया ब्यवसायीको संयुक्त सहभागितामा अनुगमन गर्न लागिएको हो । कामपा शहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरीकुमार श्रेष्ठले अनुगमन टोलीले खसीबोका, राँगा लगायत चौपाया भित्रिने थानकोटा नाकामा समेत अनुगमन गरी अस्वस्थ चौपाया बेचबिखनमा रोक लगाउने जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts