Monday, October 12, 2015

एमालेभित्रै मन्त्री र रोलक्रमको लफडा

काठमाडौं,असोज २६ । प्रधानमन्त्रीमा निर्वाचीत भएको दुईदिनपछि नेकपा एमालेले सरकार जाने मन्त्रीको विषयमा आज थप छलफल गर्दैछ । पार्टी स्थायी समितिको बैठक बसेर सरकार पठाउने बाँकी मन्त्रीको सूची र मन्त्रालयको भाडबण्डाका विषयमा एमालेले छलफल गर्न लागेको हो । एमालेका उपमहासचिव विष्णु पौडेललाई प्रधानमन्त्री ओलीले संसद्बाट प्रधानमन्त्री चयन हुनासाथ अर्थमन्त्रीको जिम्मेवारी लिनुपर्ने जानकारी दिए पनि हिजो आन्तरिक विवादले मन्त्रीमा पौडेललाई हिजो पथ नखुवाइएको बताइएको छ ।

उपाध्यक्ष भीम रावल फेरी सरकारमा जान लालायित र उनी सरकारमा जाँदा ओलीपछिको बरियतामा उहाँ नै रहने भएकाले पौडेलको जिम्मेवारीका विषयमा टुङ्गो नलागेको स्रोतको भनाई छ अर्का उपाध्यक्ष युवराज ज्ञवालीले आजको बैठकले धेरै विषयमा टुङ्गो लगाउने जानकारी दिए । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा पनि छलफल हुनेछ ।

एउटै मन्त्रालयमा पनि सरकारका सहभागि दलको दावी रहेकाले मिलाउन समस्या छ । एमाओवादीले गृहसहित आठ मन्त्रालय पाउने गरी प्रधानमन्त्री ओलीसँग समझदारी गरेको छ । कुन मन्त्रालय सबै टुङ्गो लागि नसकेकाले थप छलफल गर्ने ज्ञवालीको भनाई छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts